Kathmandu Press

करण जोहरसँग प्रेमसम्बन्धमा छैन : प्रबल

काठमाडौं, जेठ १४ : नेपाली-अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले बलिउड निर्देशक करण जोहरसँग प्रेमसम्बन्धमा नरहेको बताएका छन्।

ट्वीटरमार्फत दुई प....

करण जोहरसँग प्रेमसम्बन्धमा छैन : प्रबल

काठमाडौं, जेठ १४ : नेपाली-अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले बलिउड निर्देशक करण जोहरसँग प्रेमसम्बन्धमा नरहेको बताएका छन्।

ट्वीटरमार्फत दुई पेज लामो स्पष्टिकरण दिँदै प्रबलले निर्देशक करण दाइ र एकदमै मिल्ने साथी भएको बताएका छन्। ‘करण जोहासँग प्रेमसम्बन्धमा छैन,’ उनले भनेका छन्।

Hardik ivf

प्रबलले करणसँग नभइ अन्य व्यक्तिसँग पाँच वर्षदेखि ‘डेट’ गरिरहेको खुलाएका छन्।

उनले केही दिन अघि इन्स्टाग्राममा करणसँगको फोटो पोस्ट गरेका थिए। जसका कारण उनीहरूको सम्बन्धका विषयमा समाचार आएका थिए। हसिमजाकका रुपमा इन्स्टाग्राममा फोटो राखेको उनको भनाइ छ।

प्रबल बलिउड फिल्मकर्मीसँग प्रेममा रहेको खबर आइरहेका थिए। करणसँगको फोटो पोस्ट गर्दै ‘प्यार किया तो डरना क्या’ क्याप्सन लेखेपछि भाइरल बनेको थियो।

 

प्रकाशित मिति: १२:०३ बजे, मंगलबार, जेठ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्