Kathmandu Press

आगलागीमा चार घर जले, ११ लाखभन्दा बढीको धनमाल नष्ट

उदयपुर, फागुन ४ :   आगलागी हुँदा चार घर जलेका छन् । कटारी नगरपालिका–५ खैरेनीमा सोमबार दिउँसो आगलागी हुँदा चारवटा घर जलेका हुन् ।बबीलाल...
आगलागीमा चार घर जले, ११ लाखभन्दा बढीको धनमाल नष्ट
Hardik ivf

उदयपुर, फागुन ४ :   आगलागी हुँदा चार घर जलेका छन् । कटारी नगरपालिका–५ खैरेनीमा सोमबार दिउँसो आगलागी हुँदा चारवटा घर जलेका हुन् ।

बबीलाल दनुवार, बुनिलाल दनुवार, सत्यनारायण दनुवार र सयशलाल दनुवारको घर जल्दा कबिर ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्