Kathmandu Press

मकवानपुरमा ट्रकमा करेन्ट लाग्दा दुईको मृत्यु, दुई घाइते

हेटाैँडा, जेठ १३ : मकवानपुर इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ। अन्य दुई घाइते भएका छन्। 

वा....

मकवानपुरमा ट्रकमा करेन्ट लाग्दा दुईको मृत्यु, दुई घाइते
सांकेतिक

हेटाैँडा, जेठ १३ : मकवानपुर इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ। अन्य दुई घाइते भएका छन्। 

वाग्मती हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजना स्थलतर्फ जाँदै गरेको ना ४ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सन लाइनमा छुँदा सोमबार दिउँसो करेन्ट लागेको हो। करेन्ट लाग्दा ट्रकमा सवार सिन्धुली पाटन गाउँपालिका–९, आमबोटेका वीरबहादुर मगर र नुवाकोट बेलकोटगढी गाउँपालिका मझुवाका ३५ वर्षीय विशाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

सिन्धुलीको पाटन गाउँपालिका–९, आमबोटका गोपाल रामुली घाइते छन्। अर्का एक जना घाइतेको पहिचान हुन सकेको छैन। घाइते दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: १८:२९ बजे, सोमबार, जेठ १३, २०७६