चिर्पटले हिर्काएर श्रीमतीको हत्या

इलाम, फागुन ३ : चिर्पटले हिर्काएर श्रीमतीको हत्या गरी एक जना फरार भएका छन् । सूर्योदय नगरपालिका–५ शिकारी टोल बस्ने २३ वर्षीय दिनेश तामाङ फरार भएका हुन् ।
दिनेशले मादक पदार्थ सेवन गरी चिर्पटले प्रहार गर्दा १९ वर्षीया गीता तामाङ आइतबार राति मृत्यु भएको हो ।
हाल फरार दिनेशको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १६:२१ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












