प्रतिनिधिसभा निर्वाचन नहुने दाहालको दाबी
चितवन, फागुन ३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा चुनाव नहुने दाबी गरेका छन् । भरतपुर विमानस्थलमा आज...
चितवन, फागुन ३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा चुनाव नहुने दाबी गरेका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै दाहालले चुनाव नहुने दाबी गरेका हुन् ।
उनले भने, ‘चुनाव हुँदैन । तपाईँहरु प्रस्ट हुनुहोस्, प्रतिनिधिसभा विघटन चुनाव गर्न लागि गरिएको कदम होइन ।’
त्यस्तै केपी शर्मा ओली नेतृत्वको सरकारको गरेको प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता, लोकतन्त्र र संघीय गणतन्त्रको हित विपरीत रहेको उनको भनाइ छ । उनले ओली नेतृत्वको सरकारले लामो समयको संघर्ष र बलिदानबाट प्राप्ति उपलब्धि धरापमा पारेको आरोप लगाए । उनले भने, ‘ती उपलब्धि, संविधान र लोकतन्त्र रक्षाका लागि नै हामी सडक आन्दोलनमा छौं ।’
प्रकाशित मिति: १४:४४ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












