Kathmandu Press

श्रीलंका लगी मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ  

श्रीलंका लगी मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ  

काठमाडौं, फागुन ३ :  श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ परेका छन् ।  बर्दिया बढैयाताल गाउँपालिका–३ का ३६ वर्षीय खेमबहादुर सुवेदी शुक्रबार  पक्राउ परेका हुन्।

सुवेदीले एक महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानीसमेत आफ्नै खर्चमा बनाएर भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंका पुर्‍याएका   थिए। 

श्रीलंका पुर्‍याएपश्चात सिराक खान र आलिक खानले श्रीलंकास्थित तालदुवा भन्ने ठाउँमा पुर्‍याई बन्धक बनाई राखेकामा श्रीलंका प्रहरीले जाँच गर्दा भिसा नभएको कारण १० महिनासम्म कुर्भित्ता जेलमा रहेको अवस्थामा श्रीलंकास्थित नेपाली राजदूतावास र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा  २०७७ मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन्।  

उक्त मुद्दामा संलग्न रही फरार भएकामध्ये सुवेदीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले  पर्वत कुस्मा नगरपालिका–२ स्थित नयाँपुलबाट पक्राउ गरेको हो। 

उनीउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त ब्युरोले जनाएको छ। 

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्