कुल गार्हस्थ्य उत्पादनमा प्रदेश ३ को मात्रै ४१ प्रतिशत हिस्सा
काठमाडौं, जेठ १३ : नेपालको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै प्रदेश ३ को योगदान रहेको छ। सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा प....

काठमाडौं, जेठ १३ : नेपालको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै प्रदेश ३ को योगदान रहेको छ। सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा प्रदेश ३ को योगदान बढी रहेको उल्लेख गरिएको छ।
संघीय सरकारको ३४ खर्ब ६४ अर्ब ३१ करोड कुल गार्हस्थ्य उत्पादनमध्ये प्रदेश ३ को योगदान ४१ प्रतिशत रहँदा सबैभन्दा थोरै कर्णाली प्रदेशको योगदान ४ प्रतिशत मात्रै छ।
यस्तै, दोस्रो योगदान भने प्रदेश नम्बर १ को १५ प्रतिशत छ। प्रदेश नम्बर २ र ५ को भने कुल गार्हस्थ्य उत्पादनमा बराबर हिस्सा रहेको छ। जसमा दुईवटा प्रदेशको हिस्सा १३-१३ प्रतिशत छ।
त्यसैगरी, गण्डकी प्रदेशको हिस्सा ८ प्रतिशत रहँदा सुदूरपश्चिम प्रदेशको हिस्सा ६ प्रतिशत मात्रै रहेको छ।










-1754206481.jpg)
