भालुको पित्तसहित एक जना पक्राउ
काठमाडौं, फागुन २ : भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । काठमाडौंको बूढानीलकण्ठ नपा–७ विष्णुमति चोकबाट १०३ ग्राम भालुको पित्त २ थानसहित....jpg)
काठमाडौं, फागुन २ : भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । काठमाडौंको बूढानीलकण्ठ नपा–७ विष्णुमति चोकबाट १०३ ग्राम भालुको पित्त २ थानसहित संखुवासभाका बिगुल राई पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको हो । राईले भालुको पित्त प्रतिग्राम २५ हजारमा बिक्री गर्न खोजेका थिए ।
प्रकाशित मिति: १६:३९ बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












