बेहोस बनाएर नगद र सुनको सिक्री लुटपाट गर्ने एक जना पक्राउ
बाँके, फागुन १ : नशाजन्य पदार्थ खुवाएर बेहोस बनाई नगद तथा सुनको सिक्री लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा...
बाँके, फागुन १ : नशाजन्य पदार्थ खुवाएर बेहोस बनाई नगद तथा सुनको सिक्री लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा कोहलपुर नगरपालिका–२ बस्ने कालीकोट रास्कोट नगरपालिका–१ लहरेलाका ३५ वर्षीय प्रकाश शाही शुक्रबार राति पक्राउ परेका हुन् ।
कैलाली चुरे गाउँपालिका–५ खानीडाँडास्थित होटलमा नास्ता खान आएका शाहीले माघ २६ गते साँझ होटल सञ्चालक महिलालाई बेहोस बनाएर नगद ३ लाख २० हजार रुपैयाँ र २ तोलाको सुनको सिक्री लुटपाट गरेका थिए ।
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले कोहलपुर नगरपालिका–३ किरणनालामा शाहीलाई फेला पारी पक्राउ गरेको हो।
प्रकाशित मिति: १७:५६ बजे, शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)