संघीयता र गणतन्त्रको रक्षा गर्न विदेशी शक्तिलाई गुहार्नुपर्दैन : भट्ट
काठमाडौं, फागुन १ : नेकपा (ओली) पक्षका नेता लेखराज भट्टले संघीयता र गणतन्त्रको रक्षा गर्न विदेशी शक्तिलाई गुहार्नुपर्ने अवस्था नभएको बताएका छन् ।....jpg)
काठमाडौं, फागुन १ : नेकपा (ओली) पक्षका नेता लेखराज भट्टले संघीयता र गणतन्त्रको रक्षा गर्न विदेशी शक्तिलाई गुहार्नुपर्ने अवस्था नभएको बताएका छन् । भट्टले बुटवलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता र गणतन्त्रको रक्षा गर्न सक्षम भएकाले विदेशी शक्ति गुहार्नु नपर्ने बताएका हुन् ।
उनले नेकपा दाहाल–नेपाल समूहले संघीयता र गणतन्त्र रक्षा गर्न नसक्ने तर्क गरे । उनले भने, ‘उहाँहरु गणतन्त्र र संघीयताको रक्षाका गर्न विदेशी शक्ति गुहार्दै हुनुहुन्छ ।’
उनले केपी ओली शर्मा नेतृत्वको नेकपाले संघीयता र गणतन्त्रको रक्षा गर्दै समृद्ध नेपाल र सुखी नेपालको नारा पूरा गर्ने दाबी गरे । उनले भने, ‘केपी शर्मा ओली नेतृत्वको नेकपाले गणतन्त्र र संघीयताको रक्षा गर्छ । कुनै विदेशी शक्तिलाई गुहार्नुपर्दैन ।’
प्रकाशित मिति: १४:४३ बजे, शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)