Kathmandu Press

कुटेर बाबुको हत्या गरेको अभियोगमा एक जना पक्राउ    

काभ्रेपलाञ्चोक, माघ ३० : कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा पाँचखाल नगरपालिका–७ जोरपिप्ले बस्नेर ३८ वर्षीय राजु गौतमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ...
कुटेर बाबुको हत्या गरेको अभियोगमा एक जना पक्राउ    

काभ्रेपलाञ्चोक, माघ ३० : कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा पाँचखाल नगरपालिका–७ जोरपिप्ले बस्नेर ३८ वर्षीय राजु गौतमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गर्दा बलरामको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले राजुलाई पक्राउ गरेको हो ।  

प्रहरीले राजुमाथि थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: १८:०५ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्