Kathmandu Press

सबैखाले प्रतिबन्धविरुद्ध स्रष्टाको मार्च पास (फोटो फिचर)

सबैखाले प्रतिगमनविरुद्ध भृकुटीमण्डपबाट सुरु भएको स्रष्टाहरूको मार्चपास वसन्तपुर दरबार क्षेत्रमा पुगेको छ।
सबैखाले प्रतिबन्धविरुद्ध स्रष्टाको मार्च पास (फोटो फिचर)

काठमाडौं, माघ ३० : सबैखाले प्रतिगमनविरुद्ध भृकुटीमण्डपबाट सुरु भएको स्रष्टाहरूको मार्चपास वसन्तपुर दरबार क्षेत्रमा पुगेको छ।

उक्त मार्चपास त्यहाँबाट न्युरोड हुँदै सिंहदरबार पुग्ने कार्यक्रम छ। नेपाली साहित्यका स्रष्टाहरू मार्चपासमा सहभागी छन्।

वसन्तपुरमा नाट्यकर्मीहरूले प्रतिगमनविरुद्ध नाटक प्रस्तुत गरेका छन्। नाटक र प्रदर्शनकारीलाई मिलाएर तयार गरिएको इन्स्टलेसन आर्ट वसन्तपुरमा प्रस्तुत गरिएको नाट्यकार घिमिरे युवराजले बताए ।

Hardik ivf

शासनले  हत्या र बलात्कारजस्तो जघन्य अपराधलाई सामान्यकृत गरेको उनी बताउँछन् । दैनिक रूपमा बढिरहेको अपराधविरुद्ध बोल्नेलाई जेल हाल्ने, प्रश्न गर्नेमाथि डन्डा बर्साउने, अपराध गर्नेहरूलाई पक्राउ गर्न नसकेको विषयलाई शिल्पी थिएटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका हुन् । नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, पवित्रा खड्का, गोविन्द वली, प्रविन परियारलगायत छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्