Kathmandu Press

धरानमा वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो

धरान, जेठ १२ : सुनसरीको धरानमा अज्ञात समूहले जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार गरी लुटपाट गरेका छन्।

स्कुटीमा....

धरानमा वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो
सांकेतिक

धरान, जेठ १२ : सुनसरीको धरानमा अज्ञात समूहले जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार गरी लुटपाट गरेका छन्।

स्कुटीमा आएका तीन जनाको समूहले आइतबार गच्छदारमाथि गोली प्रहार गरी साथमा रहेको चार लाख रुपैयाँ लुटेर लगेको धरान इलाका प्रहरी कार्यालयले जनाएको छ। उनी पानबारीबाट दिउँसो को १८ प ५२९४ नम्बरको मोटरसाइकलबाट धरान फर्कंदै गर्दा तीन जनाको समूहले रोकेर लिफ्ट मागेका थिए।

Hardik ivf

रोकेपछि लुटपाट गरेको र प्रतीकार गर्दा गोली प्रहार गरेको गच्छदारले बताए। उनीहरूले चार राउण्ड गोली हानेकामा दुई गोली उनलाई लागेको थियो। बायाँ कम्मरको माथिल्लो भाग र हातको कुहिनामा गोली लागेका गच्छदारको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज दुर्गा पराजुलीले जानकारी दिए। 

घटनापछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको सहायक प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। धरानबाट अन्यत्र जाने चारैतिरका नाकामा प्रहरी चेकपइन्ट राखेर लुटेराको खोजी गरिरहेको जनाइएको छ। रासस

प्रकाशित मिति: १७:१० बजे, आइतबार, जेठ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्