Kathmandu Press

संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

किमाथांकासँगै छेसुम्बा, गुम्बालगायत मकालु हिमालको आसपास क्षेत्र सेदुवा, हटिया, चेपुवामा पनि हिमपात भएको छ ।
संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

संखुवासभा, माघ २८ः भारी हिमपात भएपछि संखुवासभाको किमाथांकाको जनजीवन प्रविभात भएको छ। किमाथांकामा शनिबारदेखि लगातार भारी हिमपात भइरहेकाले त्यहाँको जनजीवन प्रभावित बनेको हो ।

शनिबार रातिदेखि सुरु भएको हिमपात दुई फिट माथिसम्म थुप्रिएपछि स्थानीयवासीको जनजीवन कष्टकर बनेको र पशु चौपायालाई समेत समस्यामा परेको भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेनछेवी भोटेले बताए । ‘चार दिनदेखि पशु चौपायालाई चराउन तथा स्थानीयलाई घरबाहिरको काम गर्नसमेत कठीन भएको छ; वडाध्यक्ष भोटेले भने ।

किमाथांकासँगै छेसुम्बा, गुम्बालगायत  मकालु हिमालको आसपास क्षेत्र सेदुवा, हटिया, चेपुवामा पनि हिमपात भएको छ । यस्तै, जिल्लाको दक्षिणी क्षेत्र धर्मदेवीको टुटे देउराली, तीनजुरे, चैनपुर नूनढाकीको गुफापोखरी र मिल्के जलजले क्षेत्रमा समेत हिमपात भएको बताइएको छ । –रासस

प्रकाशित मिति: ११:४३ बजे, बुधबार, माघ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्