‘सरकारले जनचाहनाअनुसार काम गर्न पाएन’
धनगढी, माघ २७ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वर्तमान राजनीतिक परिस्थितिको उपज व्यक्तिवादी सोच भएको बताएका छन् । आज कैलालीको सुखडमा नेकपा घोडाघोडी...
धनगढी, माघ २७ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वर्तमान राजनीतिक परिस्थितिको उपज व्यक्तिवादी सोच भएको बताएका छन् ।
आज कैलालीको सुखडमा नेकपा घोडाघोडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री भट्टले स्पष्ट बहुमत भएको सरकारले जनचाहनाअनुसार काम गर्न नपाएको गुनासो गरे ।
उनले भने, ‘सरकारले जनचाहनाअनुसार काम गर्न पाएन ।’ निर्वाचनका लागि जनतामाझ जाने कुरालाई प्रतिगामी कदम भनेर हल्ला फैलाउनु गलत भएको उनको तर्क थियो ।
त्यस्तै कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राजनीतिक एजेण्डाभन्दा पनि व्यक्तिगत स्वार्थ नमिलेर वर्तमान अवस्था सिर्जना भएको दावी गरे । कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले पार्टीले अब गति लिने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: १९:१२ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)