भोजपुरी फिल्म ‘देश प्रेमी’को विशेष प्रदर्शन
वीरगञ्ज, जेठ १२ : भोजपुरी फिल्म ‘देश प्रेमी’ को शनिबार वीरगञ्जमा विशेष प्रदर्शन गरिएको छ।
माँ राधिका ईन्टरनेसनल मुभिज प्रा....

वीरगञ्ज, जेठ १२ : भोजपुरी फिल्म ‘देश प्रेमी’ को शनिबार वीरगञ्जमा विशेष प्रदर्शन गरिएको छ।
माँ राधिका ईन्टरनेसनल मुभिज प्रालि र आदि शक्ति ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशन जेके मास्टरले गरेका छन्। यसको निर्माण वीरगञ्जका उधोगी एवं रवि ग्रुप एन्ड कम्पनिजका रवीन्द्र बर्णवालले गरेका हुन्।
एक करोड १० लाखमा निर्माण भएको ‘देश प्रेमी’को मुम्बईमा पोस्ट प्रोडक्सन भएको थियो। यसमा परदेशी साह, हिमानी गिरीलगायतको अभिनय रहेको छ।
यसको छायांकन पोखराको फेवाताल, चितवनको सौराहा, प्रदेश २ को वीरगञ्जलगायतका स्थानमा गरिएको हो। यो दुई महिनाभित्रै रिलिज हुने जनाएको छ।
यो नेपालसँगै भारत, मोरिसस, कतार र दुबइमा प्रदशन गरिने जनाएको छ।
शनिवार विशेष प्रदर्शनीमा वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगी, प्रदेश सांसद राघनि वर्णवाल, ओमप्रकाश शर्मा, उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, उधोगी अशोक बैद्य, सुबोध गुप्तालगायत सहभागि थिए।












