महाकाली नदीमा फसेका १६ मलामीको सकुशल उद्धार
कञ्चनपुर, माघ २७ : भीमदत्त नगरपालिका–१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको छ । उक्त स्थानमा मलामी गएको...कञ्चनपुर, माघ २७ : भीमदत्त नगरपालिका–१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको छ ।
उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एनएचपिसिद्वारा टनकपुर पावर हाउसको पानी सफाइ गर्न महाकाली नदीमा पानी छाडेपछि पानीको बहाब बढ्न गई उनीहरु नदीको बीच भागको टापुमा फसेका थिए ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
प्रकाशित मिति: १७:२३ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)