Kathmandu Press

एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन 

नयाँदिल्ली, जेठ ११ : भारतीय जनता पाटी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानम....

एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन 

नयाँदिल्ली, जेठ ११ : भारतीय जनता पाटी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत रूपमा चुनिएका छन्। 

भारतीय संसदीय परम्परा अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गरिएको हो।

Hardik ivf

भारतीय लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले प्रचण्ड बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिलाई भेट गरी राजिनामाको प्रस्ताव गर्दै नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गरेका थिए। 

भाजपा नेता मोदीलाई भाजपाको संसदीय दलको नेताका रूपमा प्रस्ताव भाजपा अध्यक्ष अमित शाहले प्रस्ताव गर्नुभएको थियो भने नेता राजनाथ सिंहले प्रस्तावलाई भाजपा संसदीय दलको तर्फबाट समर्थन गरेका थिए। अप्रिल ११ देखि मे १९ सम्म गरी विभिन्न सात चरणमा लोकसभाको ५४३ सीटका लागि भएको निर्वाचनमा नरेन्द्र मोदीको दल भाजपा एक्लैले ३०३ सीट प्राप्त गरेको भारतीय निर्वाचन आयोगले जानकारी गराएको छ।

संसदमा बहुमत पुग्नका लागि २७२ सीटको आवश्यकता हुन्छ भने यो सदस्य सङ्ख्या भाजपाका लागि दुई तिहाई पुग्नका लागि नौँ सीट कमी हो। भाजपाको नेतृत्वमा रहेको गठबन्धन एनडीएको लोकसभामा जम्मा ३५२ सीट पुगेको छ। 

प्रकाशित मिति: १९:०९ बजे, शनिबार, जेठ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्