Kathmandu Press

संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ : मन्त्री भट्ट    

संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ : मन्त्री भट्ट    
Hardik ivf

धनगढी, माघ २६ :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बताएका छन् । प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशले आज आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै  भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने अधिकार भएको बताएका हुन् ।  

उनले प्रश्न गर्दै भने, ‘संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने स्पष्ट लेखिएको छ, सरकारले काम गर्न नसक्ने स्थिति आएपछि र देशमा समस्या आइपरेमा ताजा जनादेशका लागि जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन ?’

उनले प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोडेको टिप्पणी गरे ।

प्रकाशित मिति: १८:३७ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्