Kathmandu Press

अनलाइन चिट्ठाको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ  

झापा, माघ २६ : अनलाइनबाट चिट्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै विभिन्न बैंकको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अभियोगमा...
अनलाइन चिट्ठाको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ  

झापा, माघ २६ : अनलाइनबाट चिट्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै विभिन्न बैंकको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–९  का २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका–२ चारपानेबाट पंकजलाई पक्राउ गरेको हो। 

उनको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, १ थान सवारी दर्ता किताब, विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपि फेला पारिएको छ । त्यस्तै उनको घरपछाडि गाईको गोबरको थुप्रोभित्र फेला परेको लेडिज झोलाबाट नगद ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ प्रहरीले बरामद गरेको छ। 

उनलाई थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 
 

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्