सुदूरपश्चिम प्रदेश सभामा सांसदको कविता– हुँदैन सुखी नेपाली समृद्ध नेपाल चाहे रहून् ओली चाहे रहून् दाहाल
काठमाडौं, माघ २६ : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गतको पहिलो बैठक आजबाट सुरु भएको छ ।बैठकमा कृष्णबहादुर चौधरीले कविताबाट आफ्नो भनाइ राखे । उनले संसदमा...काठमाडौं, माघ २६ : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गतको पहिलो बैठक आजबाट सुरु भएको छ ।
बैठकमा कृष्णबहादुर चौधरीले कविताबाट आफ्नो भनाइ राखे । उनले संसदमा सुनाएको कविताको शीर्षक छ–
नैतिकताको खडेरी
बच्चा त जन्मायौ तिमीले हुर्कनै नदिई मारिदियौ घाँटी थिची
बुढेसकालमा कसले पाल्ला ? छिटौ पछुताउनेछौ रुनेछौ छाती पिटीपिटी
हुँदैन सुखी नेपाली समृद्ध नेपाल चाहे रहून् ओली चाहे रहून् दाहाल
हुन् पात्र उही छ प्रवृत्ति उही अन्यथा होइन आम नेपालीको बुझाइ छ सही ।
चौधरीले सुदूरपश्चिमले निर्मला पन्त, भागरथी भट्टलगायतको हत्याराको खोजी गरी पीडित परिवारलाई न्याय दिन माग गरे ।
सुदूरपश्चिम प्रदेशसभाको अर्को बैठक फागनु ६ गति बिहीबार बस्ने भएको छ ।
प्रकाशित मिति: १४:४४ बजे, सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)