Kathmandu Press

७० घडियाल गोही नदीमा छाडियो  

चितवन, माघ २६ : चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन्। चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने...
७० घडियाल गोही नदीमा छाडियो  

चितवन, माघ २६ : चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन्। चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो। 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो। ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उनले जानकारी दिए। यस आर्थिक वर्षमा १०० गोही नदीमा छोड्ने योजना रहेको छ। अधिकारीका अनुसार अब छोड्ने गोहीलाई  लोथर नजिकै राप्ती नदीमा छोडिने छ।

Hardik ivf

यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो। विगतमा राप्तीसँगै नारायणी, कालीगण्डकी, कोशी, बबई, कर्णालीलगायतका नदीमासमेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ। ती नदीमा गोही संरक्षण हुन नसकेपछि नछोडिएको हो।

निकुञ्जको प्रजनन केन्द्रमा हाल ५८२ वटा गोही रहेका छन्। सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन्। गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याई कोरल्ने र हुर्काउने गरिन्छ। तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ।

प्रकाशित मिति: १४:३३ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्