Kathmandu Press

फर्निचर उद्योगमा आगलागी हुँदा नौ लाख क्षति

पाल्पा, माघ २६ : रैनादेवी छहरा गाउँपालिका– ४ बस्ने युवराज रजालीको फर्निचर उद्योगमा आगलागी हुँदा आज नौ लाख रूपैयाँ बराबरको क्षति भएको छ। रजालीको...
फर्निचर उद्योगमा आगलागी हुँदा नौ लाख क्षति

पाल्पा, माघ २६ : रैनादेवी छहरा गाउँपालिका– ४ बस्ने युवराज रजालीको फर्निचर उद्योगमा आगलागी हुँदा आज नौ लाख रूपैयाँ बराबरको क्षति भएको छ। 

रजालीको एकतले जस्तापाताको छानो भएको कच्ची फर्निचर उद्योगमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। आज बिहान करीब ४ः३० बजेको समयमा लागेको आगो बिहान ५ः५० बजे इलाका प्रहरी कार्यालय मुझुङ पाल्पाबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको हो। 

आगलागीबाट फर्निचरभित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाइउडलगायतका सामान जलेर पूर्णरुपमा नष्ट भएको छ। विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ। घटनाबारे भने थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्