फुल्चोकी डाँडामा हिउँ खेल्न जाँदा हराएका दुई जनाको सकुशल उद्धार
ललितपुर, माघ २६ : गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी डाँडा घुम्न जाँदा हराएका दुई जनालाई प्रहरीले उद्धार गरेको छ । काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोसी...
ललितपुर, माघ २६ : गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी डाँडा घुम्न जाँदा हराएका दुई जनालाई प्रहरीले उद्धार गरेको छ । काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोसी गाउँपालिका–६ का २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका–३ का १९ वर्षीय सुरेश केसीलाई आइतबार प्रहरीले सकुशल उद्धार गरेको छ ।
घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका–२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो ।
महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी कर्मचारी खटी फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक विवरण इन्ट्री, काउनसिलिङलगायत सचेतनामूलक बोर्डहरु राखिएको छ ।
प्रकाशित मिति: १२:२२ बजे, सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












