चितवन फेरि मृत भेटियो गैँडा, सात महिनामा २३ गैँडा मरे
चितवन, माघ २५ : चितवन राष्ट्रिय निकुञ्जभित्र फेरि अर्को गैँडा मृत भेटिएको छ। योसँगै गत सात महिनामा २३ गैँडा मरेका छन्।निकुञ्जको मुख्य क्षेत्र...
चितवन, माघ २५ : चितवन राष्ट्रिय निकुञ्जभित्र फेरि अर्को गैँडा मृत भेटिएको छ। योसँगै गत सात महिनामा २३ गैँडा मरेका छन्।
निकुञ्जको मुख्य क्षेत्र मानिने माडीको बगाई सेक्टरअन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ।
निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार माघ १३ गते अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा मृत भेटिएको हो।
योसँगै चालु आव २०७७÷७८ मा चितवन राष्ट्रिय निकुञ्जमा २३ वटा गैँडा मरेको उनले बताए।
त्यस्तै, निकुञ्जको लामिचौर पोस्टमा कार्यरत ४५ वर्षको शङ्करप्रसाद नामको हात्ती पनि मरेको छ। यही माघ २१ गतेदेखि बिरामी भएको शङ्करप्रसादको मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अधिकारीले बताए।
चालु आव २०७७÷७८ मा शङ्करप्रसादसहित चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा घरपालुवा हात्ती मरेको उनले बताए।
प्रकाशित मिति: २०:३४ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












