बन्चरोले श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

तेह्रथुम, माघ २५ : बन्चरोले टाउकामा प्रहार गरेर श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४७ वर्षीया श्रीमती मइतरानी लिम्बूको हत्या गरेको अभियोगमा लालिगुराँस नगरपालिका–३ मुसाङ्खेल माथिल्लो लिम्बु टोल बस्ने ४३ वर्षीय नरबहादुर लिम्बु आइतबार बिहान पक्राउ परेका हुन् ।
घरायसी विवादको क्रममा नरबहादुरले बन्चरोले टाउकोमा प्रहार गर्दा श्रीमती मइतरानीको घटनास्थलमै मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले नरबहादुरलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: १७:२८ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












