सुन्धाराबाट चितुवाको टाउकोसहित तीन जना पक्राउ
काठमाडौं, २५ माघ : काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा भएको टाउकोसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।...काठमाडौं, २५ माघ : काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा भएको टाउकोसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका–६ का २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका–१२ घर का २० वर्षीय सुजन थिङ र १८ वर्षीय किशोर रहेका छन् ।
चितुवाको दाह्रासहितकाे टाउकाको कारोबार गर्न हिँडिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १७:२१ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१