जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

सुनसरी, माघ २५ : १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा धरान उपमहानगरपालिका–७ बुद्धमार्गमा डेरा गरी बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ का ३३ वर्षीय जितेन्द्रकुमार सदा शनिबार दिउँसो पक्राउ परेका हुन् ।
सदाले किशोरीलाई विवाह गर्छु भनी फकाएर माघ ९ गते जबर्जस्ती करणी गरेका थिए । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले सदामाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १३:४५ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












