Kathmandu Press

नारायणहिटी दरबार अघिल्तिर उभिएर केपी ओलीको चुनावी भाषण

ओलीले नारायणहिटी अघिल्तिर सभा आयोजना गर्नुअघि केही पृष्ठभूमि तयार पारेका थिए । बिहीबार पर्वत कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ मा स्थापित देशकै दोस्रो ठूलो खुर्कोट–दाना सब–स्टेसन उद्घाटन गरेका थिए । यस्तै, गत सोमबार देशकै ठूलो ढल्केबर सब–स्टेसन उद्घाटन गरेका थिए । सभामा ती दुवै आयोजना निर्माण भएको बताउन छुटाएनन् ।
नारायणहिटी दरबार अघिल्तिर उभिएर केपी ओलीको चुनावी भाषण

काठमाडौं, माघ २३ : पृष्ठभूमिमा तत्कालीन राजपरिवार बस्ने गरेको नारायणहिटी दरबार । गणतन्त्र कार्यान्वयनपछि संग्रहालयमा परिणत भएको दरबारको गेटमै बनाइएको मञ्च । त्यही मञ्चमा उभिएर प्रधानमन्त्री केपी ओलीले शुक्रबार चुनावी भाषण गरे ।

ओलीले नारायणहिटी अघिल्तिर सभा आयोजना गर्नुअघि केही पृष्ठभूमि तयार पारेका थिए । बिहीबार पर्वत कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ मा स्थापित देशकै दोस्रो ठूलो खुर्कोट–दाना सब–स्टेसन उद्घाटन गरेका थिए । यस्तै, गत सोमबार देशकै ठूलो ढल्केबर सब–स्टेसन उद्घाटन गरेका थिए । सभामा ती दुवै आयोजना निर्माण भएको बताउन छुटाएनन् ।

तथापि, १२ माघमा पशुपतिनाथ पुगेर पञ्चामृत पूजा, ओमकार दर्शन, संकल्प पूजा र सवा लाख बत्ति बालेको प्रसंग कोट्याएनन् । चितवन भरतपुर पुगेर स्वस्ति शान्ति गराएको पनि उनले उल्लेख गरेनन् ।

Hardik ivf

सभामा ओलीले तीन वर्षभित्र आफूले गरेका कामको फेहरिस्त सुनाए । डबल लेन, फोर लेन र सिक्स लेन गरी ६ हजार किलोमिटर सडक कालोपत्रे बनाएको दाबी गरे । चार सयभन्दा बढी पुल, चार सय नै झोलुंगे पुल निर्माण गरेको सुनाए । चार सयभन्दा बढी तुइन विस्थापित गरेको दाबी गरे ।

सरकारमा आउँदा सडकभरि सडक बालबालिका रहेको उल्लेख गर्दै सडक मानवविहीन समाज बनाएको उनको दाबी थियो ।

प्रचण्ड–नेपाल समूहले मांसहारी आन्दोलन गर्ने बताएकामा उनले कटाक्ष गरे । र, भने, ‘मांसहारी आन्दोलन भनेको के हो, चिकेन चिल्ली खाने भनेको हो ? होइन भने त्यो नरभक्षी आन्दोलन हो ।’

नेपालमा कोही भोकै पर्दैन, कोही भोकै मर्दैन भन्दा आफूलाई उडाइएको बताए । र, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई व्यंग्य गर्दै भने, ‘कतिपय पूर्वप्रधानमन्त्री त अरूले पकाएको भात र दाल बाँडेर टेलिभिजनमा प्रसारण गरे । अनि फोटो खिचेर फेसबुकमा हाले ।’

कोभिड–१९ बाट भोकभोकै बनेका नागरिकलाई खाना वितरण गर्ने अभियन्ताहरूलाई भकारो लगाएको आरोप लगाए । अनि, समृद्ध नेपाल र सुखी नेपाली बनाइछाड्ने दाबी पस्किए ।

नेपाललाई भूपरिवेष्ठितबाट भूलिंक बनाएको दाबी प्रस्तुत गरे । उत्तरबाट अझै नाका खोलेको र दक्षिणबाट थप बन्दरगाह लिइएको बताए। 

‘पञ्चेश्वर बहुउद्देश्यीय परियाजना बन्दै छ  । चाँदनी दोधारामा सुक्खा बन्दरगाह बन्दै छ,’ ओलीले भने, ‘तराईमा डुबानको समस्या हटायौँ । पूर्वपश्चिम रेलमार्ग र रक्सौल–काठमाडौं रेलमार्ग निर्माण अगाडि बढाएका छौँ ।’

२०औँ वर्षदेखि हुलाकी राजमार्गमा कुरा मात्र भएको र काम नभएको उल्लेख गरे । र, यस वर्ष १० अर्ब रुपैयाँ हुलाकी राजमार्गलाई छुट्याइएको बताए । केही ठाउँमा मात्र काम बाँकी रहेको र छिट्टै हुलाकी राजमार्ग तयार हुने दाबी गरे ।

नेपालमा रेल ल्याइसकेको र केही दिनमै सञ्चालनमा ल्याइने बताए । नेपाल सुरुङ युगमा प्रवेश गरेको दाबी गरे । ‘टोखा–छहरे र बेत्रावती–रसुवागढी सुरुङ मार्ग बन्ने बताए ।

‘त्यसपछि एक घण्टाभित्रै केरुङ पुग्छौँ,’ उनले भने, ‘नेपाललाई हामीले सुरुङ युगमा प्रवेश गराएका छौँ ।’ काठमाडौंनजिक थानकोट–नौबिसे सुरुङ मार्ग निर्माण सुरु भएको उल्लेख गरे ।

कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि काम अगाडि बढाएको बताए । युवालाई वैदेशिक रोजगारीमा जानुनपर्ने अवस्था सिर्जना हुँदै गरेको दाबी गरे । ‘हिजो भयावह परिस्थिति बन्यो । नेपाली युवा लस्कर लागेर विदेश जानुप¥यो । अब युवाले विदेश जानु नपरोस् भनेर हरेक पालिकामा औद्योगिक ग्राम स्थापना गर्दै छौँ,’ उनले भने ।

कोभिड–१९ विरुद्ध खोप ल्याइसकेकाले महामारीबाट अस्तव्यस्त बनेको जनजीवन छिट्टै लयमा फर्किने दाबी प्रस्तुत गरे । ‘गएको एक वर्ष कोभिडसँग जुध्दा ठिक्क भयो, तर जनताको जीवनरक्षालाई प्राथमिकता दियौँ, त्यसैले मृत्युदर कम भयो,’ उनले भने, ‘हामी विकट परिस्थिति पार गरेर सहज स्थितितर्फ जाँदै छौँ, देश अब विकासको मार्गमा जाँदैन ।’ त्यस्तै ज्येष्ठ नागरिकको भत्ता बढाइएको बताए । 

काठमाडौंमा इतिहासमै ठूलो जनसभा पहिलोपटक आयोजना भएको उनको दाबी थियो । पहिलोपटक प्रधानमन्त्री बन्दा उत्तरतिरका नाका खोलेकै कारण आफूलाई सरकारबाट हटाइएको दाबी गरे । ‘अहिले पनि जब नक्सा छापियो, मलाई सरकारबाट नहटाइनछाड्ने बितण्डा सुरु भयो,’ उनले बताए ।

आफूलाई तीन वर्ष कामै गर्न नदिइएको उनले दोहोर्‍याए । नेकपा विभाजनपछि आयोगहरूले पूर्णता पाएको दाबी गरे । उक्त अभिव्यक्तिबाट उनी पार्टी फुटेकामा खुसी भएको संकेत मिल्थ्यो । आफ्नै पार्टी मुल पार्टी भएको उनले दाबी गरे । ‘यही मुल पार्टी हो, अझै पनि बताइरहनुपर्छ र,’ उनले भने, ‘आजबाट कुन पार्टी मुल पार्टी हो भन्ने टुंगो लागिसक्यो ।’ कुन समूह मुल पार्टी हो भन्ने निर्वाचन आयोगबाट टुंगो नलाग्दै उनको दबाबमुलक दाबी सार्वजनिक भएको हो ।

प्रचण्ड–नेपाल समूहले मांसहारी आन्दोलन गर्ने बताएकामा उनले कटाक्ष गरे । र, भने, ‘मांसहारी आन्दोलन भनेको के हो, चिकेन चिल्ली खाने भनेको हो ? होइन भने त्यो नरभक्षी आन्दोलन हो ।’

‘आधा दशकभन्दा बढी लोकतन्त्रका लागि लडेको ओलीले राजतन्त्र फर्काउँछ ?’ उनले भने, ‘अब लोकतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ । कसैले प्रतिगमन नसोचे हुन्छ।’

बिहीबार नेपाल बन्दका क्रममा जलाइएको ट्याक्सीलाई बीमा कम्पनीबाट क्षतिपूर्ति दिलाउने बताए ।

‘अस्थिरताको राजनीतितर्फ जाने कि चुनावतर्फ ?’ उनले भने, ‘अस्थिरता होइन, चुनावतर्फ जाऔँ । अस्थिरता होइन, चुनावतर्फ चाहियो।’ 

प्रचण्ड–नेपाल समूहले अदालत र निर्वाचन आयोगलाई धम्की दिएको दाबी गरे । र, आग्रह मिश्रित भाषामा भने, ‘हाम्रा निकाय स्वतन्त्र छन्, विवेकसम्मत निर्णय गर्न सक्छन्।’

शुक्रबारको सभामार्फत राजतन्त्र फर्काउन लागेको आरोप आफूलाई लगाइएको उनको भनाइ थियो । ‘आधा दशकभन्दा बढी लोकतन्त्रका लागि लडेको ओलीले राजतन्त्र फर्काउँछ ?’ उनले भने, ‘अब लोकतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ । कसैले प्रतिगमन नसोचे हुन्छ।’

विदेशमा संसद् विघटनका शृंखलाबारे उनी जानकार देखिएनन् । किनकि, बेलायतमा भरखरै प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनाव गराएको दाबी गरे । जब कि, त्यो २५ जेठ ०७४– ८ जुन २०१७) मै थियो । त्यतिबेला नेपालमा स्थानीय तहको पहिलो चरणको निर्वाचन मात्र सम्पन्न भएको थियो, संघीय संसद् र प्रदेशसभाको निर्वाचन भएकै थिएन। यस्तै, गत १२ डिसेम्बर २०१९ मा वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले पनि आम निर्वाचन गराएका थिए। तर, त्यो संसद्को सहमतिमा मात्र सम्भव भएको थियो। हाउस अफ कमन्सको दुई तिहाइ बहुमतमा पारित भएको ‘अर्ली इलेक्सन एक्ट २०१९’का आधारमा उक्त निर्वाचन भएको थियो। नेपालमा जस्तो प्रधानमन्त्रीले आफूखुसी संसद्को तल्लो सदन विघटन गराएर घोषणा भएको चुनाव थिएन, त्यो।

शुक्रबारको आमसभा कास्टिङ मात्र भएको ओलीले दोहोर्‍याए । १ फागुनमा बुटवल र ८ फागुनमा विराटनगरमा यस्तै ‘कास्टिङ सभा’ आयोजना हुने घोषणा पनि गरे ।

फलामखानी, तामाखानी सञ्चालन गर्ने भविष्यका योजना अगाडि सारे । रासायनिक मलको कारखाना नै खोल्ने बताए ।

प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्