Kathmandu Press

ट्राफिक छड्केमा २० चालकलाई कारबाही

धनगढी, माघ १०- जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको छड्केमा २० जना सवारी चालक परेका छन्। बिहीबार साँझपख धनगढी उपमहानगरपालिका ५ हसनपुर चोकमा ट्राफिक प्रहरी....

ट्राफिक छड्केमा २० चालकलाई कारबाही
डिल्लीराज ओझा

धनगढी, माघ १०- जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको छड्केमा २० जना सवारी चालक परेका छन्। बिहीबार साँझपख धनगढी उपमहानगरपालिका ५ हसनपुर चोकमा ट्राफिक प्रहरीले छड्के जाँच गर्दा कागजात नभएका, मापासे गरेका तथा मोटरसाइकलका पाटपूर्जा तोडमोड गर्दै अनावश्यक डिजाइन बनाएका २० जना चालक कारबाहीमा परेका हुन्।

कारबाहीमा परेका २० जनामध्ये १७ जनालाई जरिवाना तिराएर छाडेको र ३ जना मापासे गरेका चालकहरुको कागजात नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक विक्रमबहादुर चन्दले जानकारी दिए।

Hardik ivf

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले हरेक शुक्रबार मापासे गरेकाहरुलाई १ घण्टा सचेतनामुलक कक्षा सञ्चालन गरेर सुरक्षासम्बन्धी सचेतना गराउने र अन्त्यमा एक हजार रुपैयाँ जरिवाना तिराई छोड्ने गरेको चन्दले बताए। 

ट्राफिक चेकजाँचको क्रममा ट्राफिक नियमानुसार न्यूनतम ५ सय र अधिकतम १५ सय जरिवाना गराइने हुँदा कारबाहीमा परेका २० जनामा ५ सयदेखि १५ सय जरिवाना तिरेर १० हजार ५ सय राजस्वसमेत अशुली भएको प्रहरी सहायक निरीक्षक चन्दले बताए।

प्रकाशित मिति: १९:१९ बजे, बिहीबार, माघ १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्