दरबारमार्गमा नेकपा ओली पक्षको सभा सुरु
नारायणहिटी दरबार संग्रहालय अघिल्तिर सभा सुरु भएको हो। दरबार संग्रहालय अघिल्तिर मञ्च बनाइएको छ।
काठमाडौं, माघ २३ : प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको सभा दरबारमार्गमा सुरु भएको छ। सभालाई प्रधानमन्त्रीले ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
नारायणहिटी दरबार संग्रहालय अघिल्तिर सभा सुरु भएको हो। दरबार संग्रहालय अघिल्तिर मञ्च बनाइएको छ। अहिले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन सकेका छन्, जो सभाका सभापति हुन्।
राजधानीका १६ ठाउँबाट सुरु भएका जुलुस दरबारमार्ग पुग्दै छन्। स्वयंसेवक परिचालन कमिटीका अध्यक्ष महेश बस्नेतका अनुसार सभाका लागि तयार गरिएका तीन हजार स्वयंसेवक वाकिटाकीसहित परिचालित छन्।
आमसभाका मुख्य वक्ता प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा छन्। प्रधानमन्त्री ओली भरखरै सभामा आइपुगेका छन्। अहिले पार्वती रावलको स्वागत मन्तव्य सकिएको छ। ओलीलाई स्वागत गर्न राष्ट्रिय गान बजाइएको छ ।
ओलीले बेलुन उडाएर सभा उद्घाटन गरेका छन् । बेलुनमा ओलीको तस्बिरसहित सूर्य चिह्न र राष्ट्रिय झन्डा अंकित छन्।