Kathmandu Press

आहारको खोजीमा एकसिङे गैँडा भारततर्फ जान थाले

काठमाडौं, माघ २२ : चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारततर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा...
आहारको खोजीमा एकसिङे गैँडा भारततर्फ जान थाले

काठमाडौं, माघ २२ : चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारततर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा विस्तारै भारततर्फ जान थालेका हुन् । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षातमा दुई वटा गैँडा सुस्ता हुँदै भारततर्फ गएका छन् । ती गैँडा भारतको वाल्मीकी टाइगर रिजर्बमा पुगेका छन् ।     

Hardik ivf

बरालले निकुञ्जको टेम्पल, बगवन, भेलौजी हुँदै त्रिवेणीबाट भारतर्फ जाने खतरा बढेको बताए  । उनका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा झण्डै ७० प्रतिशत गैँडा रहेका छन् । उनले भने,  ‘पश्चिमी क्षेत्रका गैँडालाई निकुञ्जको पूर्वी भागमा स्थानान्तरण गरिएन भने भारततर्फ जाने खतरा बढेर गयो ।’ 

नेपालमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका अधिकांश घडियाल गोही भारत जाने गर्दछन् । यसैगरी यहाँका गैँडा भारततर्फ जाने खतरा बढेको उनको भनाइ छ । 

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा राज्य र दातृ निकायले ठूलो लगानी गरेको भए पनि भारततर्फ जाने समस्याबारे हालसम्म कुनै ठोस काम हुन सकेको छैन । नेपालका निकुञ्जमा गत वर्ष गैँडा गणना गर्ने भनिए पनि कोरोना प्रभाव देखिएसँगै रोकिएको छ । यस वर्ष गैँडा गर्ने तयारी भइरहेको छ । सन् २०१५ को गणनामा नेपालमा ६४५ गैँडा रहेकोमा यहाँ ६०५ गैँडा रहेका थिए । 

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, माघ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्