Kathmandu Press

अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार

कञ्चनपुर, माघ २२ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ। काठमाडौँबाट आउँदै गरेको बसमा...
अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार

कञ्चनपुर, माघ २२ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ। काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ। बिहान ६ः०० बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।
 
बसका रहेका यात्रु भने सकुसल रहेको उहाँनले जानकारी दिए। ‘ढुङ्गा प्रहार गर्नेको पहिचान भएको छैन,’ उनले भने, ‘खोजी कार्य जारी राखेका छौँ।’

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारी साधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पु¥याउने कार्य गरिरहेको छ। बजार क्षेत्रलगायत पूर्वपश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।

प्रकाशित मिति: ११:३८ बजे, बिहीबार, माघ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्