Kathmandu Press

डडेलधुरामा बन्दको प्रभाव सामान्य

अमरगढी, माघ २२ : डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल÷नेपाल समूहले गरेको आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको...
डडेलधुरामा बन्दको प्रभाव सामान्य
Hardik ivf

अमरगढी, माघ २२ : डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल/नेपाल समूहले गरेको आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन। 

जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आमहडतालसहित प्रचण्ड–माधव समूहले बुधबार नै आजको बन्द घोषणा गरे पनि सुरक्षा हाइअलर्ट राखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। 

बिहानैदेखि प्रहरीको स्कटिङमा यातायात सेवा सञ्चालन गरिएको छ। लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म डडेल्धुरामा कुनै अप्रिय घटना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताए।

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, माघ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्