Kathmandu Press

भरुवा बन्दुक र कालिजसहित दुई जना पकाउ    

भरुवा बन्दुक र कालिजसहित दुई जना पकाउ    
Hardik ivf

बझाङ,  माघ  २१ : प्रहरीले बझाङबाट भरूवा बन्दुकसहित दुई जनालाई  पक्राउ गरेको छ ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा गाउँपालिका–३ का ४३ वर्षीय गणेश खवास र सोही ठाउँका ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो ।     

प्रहरीचौकी छबिसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।   

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, माघ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्