हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सूचक पदमा कार्यरत २७ वर्षीय प्रवीण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ परेका हुन् ।बाँके, माघ २१ : हत्यामा संलग्न सात जना अभियुक्त पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सूचक पदमा कार्यरत २७ वर्षीय प्रवीण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका–१८ लग्दहवाका २४ वर्षीय दिनेशकुमार कुर्मी, सुर्खेत गुर्भाकोट नगरपालिका–१४ गुमीका १९ वर्षीय निश्चल गुरूङ, जाजरकोट जुनिचाँदे गाउँपालिका–७ का २१ वर्षीय तेजबहादुर बिएम, नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्रा १७ वर्षीय किशोर, नेपालगन्ज महानगरपालिका–५ बसपार्कका १६ वर्षीय किशोर, राप्ति सोनारी गाउँपालिका–१ कुसुमका १७ वर्षीय किशोर र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का १६ वर्षीय किशोर रहेका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगन्जमा कार्यरत प्रवीण गत माघ २ गते नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।