Kathmandu Press

सिन्धुलीमा सात मतदानस्थल थप्न सिफारिस

सिन्धुलीमा सात मतदानस्थल थप्न सिफारिस
Hardik ivf

सिन्धुली, माघ २१ : जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले, निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सिफारिस गरेको छ। मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो।

कार्यालयका निर्वाचन अधिकारी खिलबहादुर दर्लामीले तीनपाटन गाउँपालिका–३ जोगे, ४ को सालुके र ९ को सिम्लेमा मतदानस्थल थप्न सिफारिश भएको हो। कमलामाई नगरपालिका–११ फालचुरी, १२ को टन्सार र कुण्डेश्वरीमा र गोलन्जोर गाउँपालिकाको नाकाजोलिमा मतदानस्थल थप्न भनिएको छ। नागरिकले धेरै टाढा, घण्टौँसम्म पैदल हिँडेर मतदान गर्दै आएको र भूगोल र मतदाताको सङ्ख्याका आधारमा मतदानस्थल थप गर्न जिल्लामा भएको सहमतिका आधारमा आयोगलाई सिफारिस गरिएको उनको भनाइ छ।

निर्वाचन कार्यालयले वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि केन्द्रको तयारीअनुसार नै कार्यक्रम र गतिविधि सञ्चालन गर्दै आएको छ। आयोगमा कार्यालयले कार्यतालिकाअनुसार मतदाताको नामावली अद्यावधिक गर्नसमेत पठाएको जानकारी दिए। २०७४ सालमा एक लाख ८१ हजार ५२६ मतदाता रहेका थिए। कार्यालयमा पुस ५ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा समावेश भएका एक लाख ९२ हजार ३९५ जनाको फोटोसहितको नामावली निर्वाचन आयोगमा पठाइएको छ।

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, माघ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्