Kathmandu Press

सुदूरपश्चिममा एक हप्तामा नौ हजारलाई कोरोनाविरुद्धको खोप

सुदूरपश्चिम, माघ २१ : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरसविरुद्धको (कोभिशिल्ड) खोप लगाइएको छ। प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म...
सुदूरपश्चिममा एक हप्तामा नौ हजारलाई कोरोनाविरुद्धको खोप

सुदूरपश्चिम, माघ २१ : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरसविरुद्धको (कोभिशिल्ड) खोप लगाइएको छ। प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो। 

माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए। प्रदेशमा सबैभन्दा बढी दुई हजार १८ जनालाई खोप लगाइएको छ। 

Hardik ivf

यस्तै  अछाममा एक हजार १९५, बैतडीमा एक हजार ६५, कञ्चनपुर ९६४, डडेल्धुरामा ९४२, डोटीमा ९४०, दार्चुलामा ७४७, बझाङमा ६९१ र बाजुरामा ५११ जनलाई खोप लगाइएको हो।  खोप कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशमा १२ वटा खोप केन्द्र तोकिएको छ।  

सरकारले सुदूरपश्चिमसहित देशका सबै प्रदेशमा यही माघ १४ गतेदेखि पहिलो चरणको कोरानाविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको हो । पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक र कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाउने कार्य भइरहेको छ।  

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप संघीय सरकारले सुदूरपश्चिमका लागि ३६ हजार डोज खोप पठाएको थियो। सुदूरपश्चिममा यही माघ १४ गतेदेखि शुरु भएको पहिलो चरणको खोप अभियान माघ २८ सम्म सञ्चालन हुनेछ। प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए, भने पहिलो खोप निर्देशक डा गुणराज अवस्थीले लगाएका थिए।

प्रकाशित मिति: १४:५७ बजे, बुधबार, माघ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्