श्रम मन्त्रीले नसुनेपछि वैदेशिक रोजगारी व्यवसायीहरूले प्रधानमन्त्री गुहारे
काठमाडौं, जेठ ९ : श्रम मन्त्री गोकर्ण विष्टले आफ्ना ‘जायज मागहरू’ सम्बोधन नगरेको भन्दै वैदेशिक रोजगार संघले बिहीबार प्रधानमन्त्री केपी शर्....
काठमाडौं, जेठ ९ : श्रम मन्त्री गोकर्ण विष्टले आफ्ना ‘जायज मागहरू’ सम्बोधन नगरेको भन्दै वैदेशिक रोजगार संघले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेको छ।
मन्त्री विष्टले वैदेशिक रोजगार व्यवसायीको कुरा सुन्नै नखोजेको भन्दै संघले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा व्यवसायीका माग सम्बोधन गर्न मन्त्री विष्टलाई ‘निर्देशन दिन’ प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको छ।
वैदेशिक रोजगार व्यवसायीहरूले व्यवसाय गर्ने इजाजत लिँदा बैंकमा राख्नुपर्ने धरौटीको ब्याज पाउनुपर्ने, कम्पनीको मर्जर गर्दा सुविधा र सहुलियत पाउनुपर्ने र मलेसियामा पुनः कामदार पठाउने प्रक्रिया सुरू गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्।
विभिन्न देशममा रहेका नेपाली दूतावासहरूले मागपत्र प्रमाणिकरण गर्दा अनुचित लाभ लिन ढिलाई गर्ने गरेको गुनासो व्यवसायीहरूबाट आएको भन्दै संघले यो कामलाई अनलाइन प्रणालीमा लाने व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।
यी मागहरू सम्बोधन नभए जेठ १६ गते देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने श्रमिकहरुको उडान बन्द गर्ने चेतावनी समेत संघले दिएको छ।










-1754206481.jpg)
