१४ दिनदेखि अनशनरत नर्सको जीवनरक्षाको माग
काठमाडौं, जेठ ९ : नर्सिङ क्षेत्र सुधारकाे माग गर्दै १४ दिनदेखि अनशनरत नर्स जीता बरालको जीवनरक्षाका लागि नागरिक अगुवाले माग गरेका छन्।
आज सोल....

काठमाडौं, जेठ ९ : नर्सिङ क्षेत्र सुधारकाे माग गर्दै १४ दिनदेखि अनशनरत नर्स जीता बरालको जीवनरक्षाका लागि नागरिक अगुवाले माग गरेका छन्।
आज सोलिडारिटी फर डा.केसी अलाएन्सले प्रेस विज्ञप्ती जारी गर्दै देशको अस्तव्यस्त नर्सिङ क्षेत्र सुधारका लागि बरालले राखेका माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ। १४ दिनसम्म पनि मागको सुनुवाइका लागि सरकारले अग्रसरता नदेखाउनु खेदजनक भएको विज्ञप्तीमा जनाएको छ।
जायज माग राखेर अहिंसात्मक आन्दोलनमा रहेका अभियन्ताको स्वास्थ्य बिग्रिरहँदा सरकारले माग पूरा गर्न तदारुकता नदेखाउनुले राज्यको गैरजम्मेवारीपन भएको बिज्ञाप्तीमा उल्लेख छ। अलाएन्सले अनशनरत बरालको स्वास्थ्य र प्राणरक्षाका लागि आवश्यक कदम चाल्न नेपाल सरकारका सम्बन्धित निकायहरुसँग माग गरेको छ।
लाजिम्पाटस्थित नर्सिङ संघ नेपालको भवनमा अनशन बस्दै आएकी उनलाई हिजो अस्पताल लगिएको छ। उनको स्वास्थ्यमा समस्या आएपछि बसुन्धरास्थित बिपी स्मृति अस्पतालमा भर्ना गरिएको हो। उनी त्यही अनशनरत छिन्।
उनले नर्सहरुको पेशागत हकहित सुरक्षा तथा अन्यायपूर्ण अवस्थामा काम गरिरहेका र पढेर पनि बेरोजगार रहेका नर्सका लागि न्यायको माग राखेर अनसन बसेको बताएकी छन्।










