देशमा जात्रै जात्रा छ : निर्देशक भट्टराई
काठमाडौं, जेठ ९ : पहिलो फिल्म ‘जात्रा’बाटै प्रशंसा बटुलेका निर्देशक प्रदीप भट्टराईको भरखरै रिलिज भएको फिल्म ‘जात्रै जात्रा’ पन....

काठमाडौं, जेठ ९ : पहिलो फिल्म ‘जात्रा’बाटै प्रशंसा बटुलेका निर्देशक प्रदीप भट्टराईको भरखरै रिलिज भएको फिल्म ‘जात्रै जात्रा’ पनि हिट भएको छ। उनी जात्राकाे सिक्वेल हिट हुनुमा देशमा चलिरहेको जात्रै जात्रालाई श्रेय दिन्छन्।
देशमा भइरहेका घटनाक्रमले नै जात्रा हिट भइरहेको उनको भनाइ छ। ‘हाम्रो देशमा त जात्रै जात्रा छ नि त। जे जात्रा उठाए पनि हिट हुने खालका जात्राहरु छन् देशमा,’ व्यंगात्मकशैलीमा निर्देशक भट्टराईले भने।
उनको पहिलो फिल्म ‘जात्रा’ले प्रशंसा मात्रै बटुलेन राम्रो कमाइ पनि गर्यो। त्यसपछि आएको ‘शत्रुगते’ले पनि पछाडि फर्किनु परेन।
अहिले आएको तेस्रो फिल्म त देश र विदेशमा पनि प्रशंसा पाइरहेको छ। दर्शकले मन पराइरहेका छन्।
उनले ‘जात्रै जात्रा’लाई मन पराएकोमा दर्शकलाई धन्यवाद दिए। तर, उनी ‘जात्रै जात्रा’को अर्को सिक्वेयल बनाउने पक्षमा भने छैनन्।
‘हामीले जात्रै जात्रा बनाउने समयमा नै यसको रिजल्ट राम्रो भएपनि नराम्रो भएपनि यसको सिक्वेल नबनाउने निधो गरेका थियौं,’ अब यसको सिक्वेल नबनाउने बताउँदै निर्देशक भट्टराईले भने, ‘जे जात्रा उठाए पनि हिट हुने खालका जात्राहरु छन् देशमा। त्यहि भएर कुनै अर्को जात्रा आउला।’
छोटो समयमै यति धेरै सफलता पाउदा उनी खुशी र उत्साहित त छदै छन्, यसले जिम्मेवारी बोध गराएको पनि उनको भनाइ छ। ‘अब फ्रेस स्टोरीमा फिल्म बनाउँदा पनि दर्शकको यस्तै माया पाउने गरि काम गर्नेछु,’ उनले भने।
यति बेला उनी पूर्वि नेपालमा छन्। फिल्मका लिड कलाकारसहित पूर्वि नेपालमा रहेका उनले दर्शकको मायाले उर्जा थपेको बताए।
यो फिल्ममा विपिन कार्की, दायाहाङ राई, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झाको अभिनय रहेको छ।










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)