चिसोले विद्यालय तीन दिन बन्द
अत्यधिक चिसो बढेपछि नेपालगन्जका विद्यालय तीन दिन बन्द गरिने भएका छन् ।नेपालगन्ज, माघ १८ : अत्यधिक चिसो बढेपछि नेपालगन्जका विद्यालय तीन दिन बन्द गरिने भएका छन् । नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखाका अनुसार नगरमा सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालय सोमबारदेखि यही माघ २१ गतेसम्मका लागि बन्द गरिएको छ ।
महाशाखा प्रमुख गोर्खबहादुर थापाले मौसम अनुकूल भई घाम लागेमा यही माघ २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने तर अवस्था यस्तै रहे आगामी आइतबारदेखि मात्र विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताए ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिकाले पनि सोमबारदेखि यही माघ २१ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पश्चिम नेपालको नेपालगञ्जमा झण्डै एक सातादेखि चिसो अत्यधिक बढेको महसुस गरिएको छ ।
प्रकाशित मिति: १९:२२ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१