Kathmandu Press

बाघको छालासहित एक जना पक्राउ

उनको साथबाट भालुको पित्त, ठूलो बाघको छाला एक थान, सानो बाघ छाला अर्को थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए
बाघको छालासहित एक जना पक्राउ
Hardik ivf

काठमाडौं, माघ १८ : बाघको छालासहित एक युवक डडेल्धुराबाट पक्राउ परेका छन् ।  अजयमेरु गाउँपालिका–१ बस्ने २९ वर्षीय जगतसिंह भण्डारी पक्राउ परेका हुन् । उनले चलाइरहेको सुपप्र ०४००१ प ०५४८ नंको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।     

जिल्लाको अमरगढी नगरपालिका–६ तोलीस्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

डडेल्धुरा प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी डडेल्धुराको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट भालुको पित्त, ठूलो बाघको छाला एक थान, सानो बाघ छाला अर्को थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, माघ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्