Kathmandu Press

भारतीय चुनावमा मोदी नेतृत्वको एनडीएको अग्रता

काठमाडौं, जेठ ९ : भारतीय लोकसभा निर्वाचनको मतगणना सुरू भएको छ। पहिलो एक घन्टाको मतगणनामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेतृत्वको एनडीए गठबन्धनले....

भारतीय चुनावमा मोदी नेतृत्वको एनडीएको अग्रता

काठमाडौं, जेठ ९ : भारतीय लोकसभा निर्वाचनको मतगणना सुरू भएको छ। पहिलो एक घन्टाको मतगणनामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेतृत्वको एनडीए गठबन्धनले अग्रता लिएको छ।

भारतीय निर्वाचन आयोगका अनुसार, आज बिहान सवा ८ बजेदेखि मतगणना सुरू भएको हो। अहिलेसम्म चार सय १६ सिटमा मतगणना भइरहेको छ। भारतीय लोकसभामा पाँच सय ४३ सिट रहेका छन्।

अहिलेसम्मको मतगणनाअनुसार, मोदी नेतृत्वको एनडीए गठबन्धनले गणना भइरहेका चार सय १६ मध्ये दुई सय १८ सिटमा अग्रता लिएको छ। धेरै राज्यमा एनडीएकै अग्रता देखिएको छ।

त्यस्तै, कांग्रेस नेतृत्वको यूपीएले  चार सय १६ मध्ये एक सय चार सिटमा अग्रता लिएको छ। झारखण्डलगायतका केही राज्यमा कांग्रेसको अग्रता छ।

त्यस्तै, मायावती र अखिलेस यादवको महागठबन्धनले २७ सिटमा अग्रता लिएको छ। अन्य दलहरूले ६८ सिटमा अग्रता लिएका छन्।
 

 

प्रकाशित मिति: १०:०३ बजे, बिहीबार, जेठ ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्