Kathmandu Press

सुदूरपश्चिम प्रदेशसभा बैठक बोलाउने तयारी    

सुदूरपश्चिम प्रदेशसभा बैठक बोलाउने तयारी    
Hardik ivf

काठमाडौं, माघ १८ : सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन (हिँउदे अधिवेशन) माघ २६ गते बोलाउने तयारी भइरहेको छ । प्रदेशसभाका सचिव रामसिंह धामीले प्रदेशसभाको बैठक यही माघ २६ गते बोलाउने अनौपचारिक जानकारी आएको बताए ।  

‘संविधानअनुसार यही माघभित्र बैठक आह्वान गरिसक्नुपर्ने हुन्छ,’ सचिव धामीले भने, ‘बैठक बोलाउने विषयमा अहिलेसम्म औपचारिक जानकारी भने आएको छैन ।’     
     
प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलले गएको पुस महिनामै अधिवेशन बोलाउन सरकारसँग माग गरेको थियो । प्रदेशसभाको बर्खे अधिवेशन (बजेट अधिवेशन) कोरोना संक्रमणको जोखिमका कारण गएको साउन ३१ गते थोरै दिन सञ्चालन भई अन्त्य भएको थियो ।     

एक अधिवेशन अन्त्य भएको छ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति: १८:०८ बजे, आइतबार, माघ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्