भक्तपुरबाट जबर्जस्ती करणी अभियोगमा एक जना पक्राउ
काठमाडौं, माघ १८ : १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३१...
काठमाडौं, माघ १८ : १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३१ वर्षीय विकास तज पक्राउ परेका छन् ।
विकासले ती किशोरीलाई बुधबार दिउँसो एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेको जनाइएको छ । शुक्रबार जबरजस्ती करणीको उजुर परेपछि खटिएको प्रहरीले विकासलाई पक्राउ गरेको हो ।
उनीमाथि जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रकाशित मिति: १८:१० बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












