सामूहिक बलात्कार अभियोगमा दुई जना पक्राउ, एक अझै फरार
१८ वर्षीया किशोरीलाई सामूहिक रुपमा बलात्कार गरेको अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकी शुक्रबार राति पक्राउ परेका हुन् ।
कैलाली, माघ १८ : सामूहिक बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई सामूहिक रुपमा बलात्कार गरेको अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकी शुक्रबार राति पक्राउ परेका हुन् ।
उमेश र रतनसहित ३ जनाले ती किशोरीलाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हाल फरार कृष्ण राउतको प्रहरीले खोजी गरिरहेको छ ।
प्रकाशित मिति: १२:१६ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)