स्रोत नखुलेको ३८ लाखसहित पाँच जना पक्राउ
काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रूपैयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका २४ थान चेकसहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १६ माघ : काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रूपैयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका २४ थान चेकसहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तमाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












