काठमाडौंबाट पेस्तोलसहित एक जना पक्राउ
सामाखुसी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का २८ वर्षीय कृष्ण चौलागाई १ थान कटुवा पेस्तोल र १ राउन्ड गोलीसहित बुधबार साँझ पक्राउ परेका हुन् ।
काठमाडौं, माघ १५ : काठमाडौंबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । सामाखुसी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का २८ वर्षीय कृष्ण चौलागाई १ थान कटुवा पेस्तोल र १ राउन्ड गोलीसहित बुधबार साँझ पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












