Kathmandu Press

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम करिब १० खर्ब

घटेको बजारमा सगरमाथा इन्स्योरेन्स, सूर्योदय लघुवित्त, सपोर्ट माइक्राफाइनान्स, आरम्भ चौतारी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्सलगायतको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।
नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम करिब १० खर्ब

काठमाडौं, माघ १५  : धितोपत्र कारोबार सूचक नेप्से आज दोहोरो अंकले घटेको छ । साताको अन्तिम दिन  नेप्से १६.५५ अंकले घटेर २ हजार ४२५.२९ अंकमा बन्द भएको छ ।

आज कारोबार रकम भने बढेको छ । २०९ कम्पनीका २ करोड  २१ लाख ५३ हजार ९८१ कित्ता सेयर ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँमा खरिद बिक्री भएको छ ।  

Hardik ivf

निर्जीवन बिमा, उत्पादन र माइक्रोफाइनान्स समूहको सूचक बढेको छ भने अन्य बैंकिङ, व्यापार, होटललगायतका सूचकमा करेक्सन देखिएको छ । 

घटेको बजारमा सगरमाथा इन्स्योरेन्स, सूर्योदय लघुवित्त, सपोर्ट माइक्राफाइनान्स, आरम्भ चौतारी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्सलगायतको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्